रुसमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

रुसमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन्। गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ।

बन्दुकधारीको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतंककारीलाई मारेको छ। आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन्।

गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। अहिले मृत्यु हुनेको संख्या १५ पुगेको छ। राति प्रारम्भिक रिपोर्टहरू अनुसार रूसी सुरक्षा बलहरूले आक्रमणकारी विरुद्ध जवाफी कारबाहीमा धेरै आक्रमणकारीलाई मारेका थिए।

हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो। शुरुमा यस घटनालाई आतंकवादी घटना बताइएको भएपनि यस बारेमा थप जानकारी प्राप्त भएको छैन।

Logo