एजेन्सी । भारतीय प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप लागेको छ । प्रधानन्याधीश रञ्जन गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले नै यौन उत्पीडनको आरोप लगाएकी हुन् ।
शनिबार नै तीन न्यायाधीशको बेञ्च बसेको छ । गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा अवकासको मितिबारे छलफल भएको बताइएको छ ।
प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको प्रतिक्रिया दिएका छन् । आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ ।
बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुप्रिम कोर्टका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको छ ।





























प्रतिक्रिया