छोरी बोझ हुन भन्नेलाई गतिलो झापड ! कलेजो दिएर बाबुलाई बचाईन्

छोरी बोझ हुन भन्नेलाई गतिलो झापड ! कलेजो दिएर बाबुलाई बचाईन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हाम्रो समाजमा अझै पनि छोरीलाई घरको बोझका रुपमा लिईन्छ । पराईघर जाने भन्दै छोरीहरुलाई न त राम्रो शिक्षा दिक्षा नै दिईन्छ । नत राम्रोसँग घरपरिवारको माया प्रेम नै पाउँछिन् । अशिक्षत तथा ग्रामिण क्षेत्रमा छोरीहरुलाई यसरी चित्रण गरिने गरेको हो । हामीले यस्तै सोच्दै आएकी छोरीहरुले के के सम्म गर्न भ्याउन थालेका छन् ।

यतिबेला एक भारतीय चेलीको संसारभर प्रशंसा भईरहेको छ । हामीले माथि प्रस्तुत गरेको पंक्तिलाई च्यालेञ्ज दिँदैं तिनै घृणाको पात्र बन्दै आएकी छोरीले आफ्नै कलेजो दिएर बाबुलाई नयाँ जीवन दान नै दिएकी छन् ।

एउटा यर्थात कुरा संसारमा छोरीले जस्तो निस्वार्थ माया आमाबुवालाई कसैले पनि गर्न सक्दैन । लकत्ताकी १९ बर्षीया राखी गुप्ताले कलेजोको समस्याबाट ग्रसित बुवालाई आफ्नो ६५ प्रतिशत कलेजो दान गरेकी हुन् ।

बाबुलाई कलेजो दान गरेपछि हर्षित मुद्रामा बाबु छोरी । तस्बिरः भारतीय सञ्चारमाध्यम

सामाजिक सञ्जालमा सार्वजनिक भएको उनको र बुवाको पेट चिरिएको तस्बिरले सबैको मन छोएको छ । धेरैलाई रुवाएको छ । धेरैलाई छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न बाध्य पारेको छ । बुवालाई कलेजो दिएपछि क्लिक गरिएको उक्त तस्बिरमा आफ्नो बुवालाई जीवनदान दिएको खुसी उनको मुहारमा प्रस्ट देखिन्छ ।

उनको उक्त तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । आफ्नो कलिलो उमेरमा आफनो भबिष्यको बारेमा पनि केही नसोची बुवालाई कलेजो दान गरी पुण्य कमाएकी भन्दै उनको प्रशंसा निकै भईरहेको छ ।

Logo