विश्व चर्चित गायिका अडेलले गरिन् सम्बन्ध विच्छेद

विश्व चर्चित गायिका अडेलले गरिन् सम्बन्ध विच्छेद

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । विश्व चर्चित बेलायती गायिका अडेलले सम्बन्ध बिच्छेद गरेकी छन् । अडेलले श्रीमान साइमन कोनेक्कीसँग सम्बन्ध विच्छेद गरेकी हुन् ।

अडेल र साइमल छोराको संयुक्त रुपमा पालनपोषण गर्न प्रतिबद्ध रहेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पाँच वर्षको प्रेम सम्बन्धलाई २०१६ मा विवाहमा परिणत गरेका थिए ।

उनीहरुले गोप्य र निजी समारोहमा विवाह गरेका थिए । दुवैले सम्बन्ध विच्छेदको कारण खुलाएका छैनन् र आफूहरुको वैयक्तिक गोपनियताको सम्मान गरिदिन आग्रह गरेका छन् ।

अडेलले आफ्नो विवाहबारे पहिलोपटक सार्वजनिक रुपमा सन् २०१७ को ग्रामी अवार्ड लिने बेला बोलेकी थिइन् । उनले त्यो बेला श्रीमान साइमनलाई धन्यबाद दिएकी थिइन् ।

Logo