काठमाडौं । भारतमा भाषण गरिरहेका एक नेताले झाडप खाएका छन् । कांग्रेस आईका नेता हार्दिक पटेलले मञ्चमा भाषण गरिरहेका बेला एक व्यक्तिले थप्पड हानेका हुन् । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’ का क्रममा भाषण गरिरहेका नेता पटेलको गालामा थप्पड हानिएको हो ।
पटेलले भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई थप्पड हानेको भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । के कारण उनलाई थप्पड हानियो भन्ने खुल्न सकेको छैन् । प्रहरीले थप्पड हान्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।
#WATCH Congress leader Hardik Patel slapped during a rally in Surendranagar,Gujarat pic.twitter.com/VqhJVJ7Xc4
— ANI (@ANI) April 19, 2019





























प्रतिक्रिया