‘टिक टक’ भिडियो बनाउँदा एक जनाको मृत्यु, ३ जना पक्राउ

‘टिक टक’ भिडियो बनाउँदा एक जनाको मृत्यु, ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । टिक टक भिडियो बनाउँदा भारतमा एक जनाको मृत्यु भएको छ । भारतको नयाँ दिल्लीमा टिक टक बनाउने क्रममा एक जनाको ज्यान गएको हो । १९ वर्षका सोहिलले टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको थियो । देब्रे गालामा गोली लागेर सोहिलका साथी सलमान जकिरको मृत्यु भएको हो ।

आइतबार राति सलमान आफ्ना साथीहरु सोहिल र आमिरसँगै दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए । सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको थियो ।

घटनापछि सोहिल र आमिर आत्तिँदै घाइते भएका सलमानलाई उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए । त्यसपछि सलमानलाई उनका साथी र नातेदारले नजिकैको एलएनजीपी अस्पताल पुर्‍याए । तर डक्टरले उनको मृत्यु भएको घोषणा ग¥यो ।

आमिर, सोहिल र अर्को एक व्यक्तिलाई पक्राउ गरिएको र बाह्रखम्बा पुलिस स्टेशनमा हत्या र गैरकानुनी रुपमा हतियार राखेको मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोहिललाई गोली हानिसकेपछि पक्राउ गरिएको थियो भने आमिरलाई गोली लुकाउने क्रममा गिरफ्तार गरिएको हो । त्यस्तै शरिफलाई रगत लागेको लुगा लुकाउने क्रममा पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् । गोली दुर्घटनावश भएको हो कि नियतवश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo