झारखण्डमा प्रहरी र माओवादीबीच भिडन्त हुँदा ४ को मृत्यु

झारखण्डमा प्रहरी र माओवादीबीच भिडन्त हुँदा ४ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतको झारखण्डमा बिद्रोही माओवादी र प्रहरीबीच भिडन्त हुँदा ४ जनाको मृत्यु भएको छ । भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगलमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै दोहोरो गोली हानाहान हुँदा ३ माओवादी र १ प्रहरीको मृत्यु भएको हो ।

सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो। ‘दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सीआरपीएफले जनाएको छ।

भिडन्तमा मारिएका माओवादीबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन र चारवटा पाइप बम फेला पारेको छ। उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ।

Logo