पाकिस्तानमा बम बिस्फोट हुँदा १६ जनाको मृत्यु

पाकिस्तानमा बम बिस्फोट हुँदा १६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको समाचार एजेन्सी एपीपीले जनाएको छ ।

धमाकापछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् । उनीहरुलाई लक्षित गरेर बम विस्फोट गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

Skip This
Skip This
Logo