विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा ३० जनाको मृत्यु

विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा ३० जनाको मृत्यु

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । इजरायली सेनाले फिल्ड अस्पताल रहेको विद्यालयमा आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् । देइर अल–बालाह क्षेत्रमा रहेको खादिजा विद्यालयलाई लक्षित गरी उक्त आक्रमण गरिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको नागरिक प्रतिरक्षा निकायले उक्त विद्यालयमा शरण लिएका करिब चार हजार विस्थापित मानिसहरूलाई बसिरहेको बताएको छ ।

खादिजा विद्यालयभित्रको नियन्त्रण केन्द्रमा हमास लडाकू सक्रिय रहेको गुप्तचर अधिकारीको गोप्य सूचनाका आधारमा आक्रमण गरिएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Logo