ठूलो डढेलो फैलिएपछि दक्षिण कोरियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ।

बिहीवार सुरू भएको डढेलोमा परेर कम्तीमा एक व्यक्तिको ज्यान गएको छ भने प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ । "/>

दक्षिण कोरियामा भीषण डढेलो, सङ्कटकाल घोषणा

दक्षिण कोरियामा भीषण डढेलो, सङ्कटकाल घोषणा

केन्द्रबिन्दु
0
Shares

ठूलो डढेलो फैलिएपछि दक्षिण कोरियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ।

बिहीवार सुरू भएको डढेलोमा परेर कम्तीमा एक व्यक्तिको ज्यान गएको छ भने प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ । उत्तर कोरियाको सीमा नजिकै रहेको पूर्वोत्तर पहाडी भेगमा फैलिएको आगो निभाउन कर्मचारीहरूसँगै हजारौँ सैनिक परिचालित भएका छन्।

मुख्य आगो नियन्त्रणमा आइसकेको भए पनि अरू स्थानमा डढेलो बाँकी रहेको अधिकारीहरूले बताएका छन्।बिहीवार राति सोलबाट पूर्वोत्तर खाङ्वान प्रान्तमा बिजुलीको ट्रान्स्फर्मरबाट निस्किएको झिल्कोबाट डढेलो सुरु भएको बताइन्छ। तीव्र गतिमा चलेको हावाका कारण आगो छिट्टै पहाडी भेग र नजिकै रहेका केही सहरमा फैलिएको अधिकारीहरू बताउँछन्।

दक्षिण कोरियाका विभिन्न स्थानबाट आठ सयवटाभन्दा बढी दमकल डढेलो नियन्त्रणमा खटेका छन्। सो प्रान्तमा सयौँ भवनहरू जलेर नष्ट भएका छन्। बीबीसी

Skip This
Skip This
Logo