अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रुसी राष्ट्रपतिको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रुसी राष्ट्रपतिको भनाइ

केन्द्रबिन्दु
33
Shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्ने गरेको पाइन्छ । गत वर्ष उनले अमेरिकी राजनीतिक प्रणाली बिग्रेको’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए ।

रुसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले भने, “अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसको पक्षमा उतार्नु आवश्यक छ।”

‘‘हामी उनी (ह्यारिस) लाई समर्थन गर्छौँं,” उनले मुस्कुराउँदै भने । रुसी नेता पुटिनले ह्यारिसको मुस्कानले उनी सबै कुरामा सही छिन् भन्ने देखाउने उल्लेख गरेका छन् ।

“पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उनी यस्ता कार्यबाट टाढै रहनेछिन् ।” गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भनेका थिए ।

पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो । यसै सन्दर्भमा अमेरिकाले रुसी सरकारी समाचार नेटवर्क आरटीका शीर्ष सम्पादकहरूमाथि प्रतिबन्ध लगाएको छ । वासिङ्टनले उनीहरूमाथि आगामी अमेरिकी मतपत्रलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

Skip This
Skip This
Logo