फेसबुक लाइभ गरेर न्युजिल्याण्डको मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

फेसबुक लाइभ गरेर न्युजिल्याण्डको मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । न्युजिल्याण्डको दुईवटा मस्जिदमा गोलीबारी हुँदा मर्नेको संख्या ३० नाघेको छ । क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा गोलीबारी हुँदा ५० जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । हमलाकारी मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर उनको संलग्नता पुष्टि भएको छैन । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् । न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् ।

आक्रमणकारीः फेसबुक लाईभ गर्दै गोलीबारी गर्ने ब्रेन्टन ट्यारन्ट । तस्बिरः डेली मेल

उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् । घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए-नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको डेली मेलले जनाएको छ ।

आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको थिए । आक्रमण गरिएको क्राइस्टचर्च दक्षिण टापुमा अवस्थित न्यूजिल्याण्डकै ठूलो शहर हो ।

Skip This
Skip This
Logo