नेपालीहरुको चर्को आलोचनापछि भारतीय सांसद अल्का लाम्बाले आफ्नो ट्वीट हटाएकी छन्।
उनले एक ट्वीट गर्दै आफ्नो अघिल्लो ट्वीट हटाएको जानकारी गराएकी हुन्। उनले नेपाली समुदायको भावनामा चोट पुर्याउने मनशायले ट्वीट नगरेको बताएकी छन्।
आम आदमी पार्टीकी सांसद लाम्बाले नेपालीबारे अपमानजनक टिप्पणी गरेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले बिरोध गरेका थिए । नेपालीहरुले उनको ट्वीटमै जवाफ दिंदै बिरोध जनाएका थिए।
उनले आफ्नो पार्टीको लागि भोट माग्न नेपाली मजदुरहरुलाई जोडेर ट्वीट गरेकी थिइन्। उनले भारतमा प्रधानमन्त्री चुन्नपर्ने भएकाले चौकीदार नचुन्न आग्रह गरेकी थिइन् । ट्वीटमा उनले चौकीदार नेपालबाट ल्याउने र नेपालका चौकीदारहरु चोर नहुने समेत उल्लेख गरेकी थिइन् ।
‘प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।नेपालका चौकीदार चोर हुँदैनन् ।’ उनले लेखेकी थिइन् ।
लाम्बाको बिबादित ट्वीट

उनको पछिल्लो ट्वीट

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी ‘गो इन्डिया फाउन्डेसन’ नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।































प्रतिक्रिया