पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामादिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको हो । प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएको हो । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको थियो ।

Skip This
Skip This
Logo