भारतमा फेरि अर्को हमला, १ को मृत्यु, ३० भन्दा बढी घाइते

भारतमा फेरि अर्को हमला, १ को मृत्यु, ३० भन्दा बढी घाइते

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतको जम्मुको एक बस स्टेशनमा ग्रिनेट बम हमला भएको छ । बिहीबार भएको हमलामा परी १ जनाको ज्यान गएको छ भने कम्तिमा ३० जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा उत्तराखण्डको हरिद्वारका १७ वर्षीय मोहम्मद शारिक रहेको बीबीसीले जनाएको छ । हमलामा घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । जम्मु प्रहरीले घटनाको अनुन्धानलाई तीव्रता दिएको छ। साथै प्रहरीले सिसिटिभि फुटेज हेरिरहेको बताएको छ।

केहि शंकास्पद व्यक्तिले बस स्टेन्डमा रोकिराखेको बसको बाहिर ग्रिनेट फ्याँक्दा बस बाहिर उभिरहेका व्यक्तिहरु घाइते भएको जम्मु–कश्मीरका प्रहरी प्रमुख एम.के. सिन्हाले जानकारी दिए ।

Logo