पाकिस्तानी सेनाले भारतका दुई लडाकू विमानलाई खसालेको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू विमान खसालेको दाबी गरेको हो ।
दुई लडाकू विमानमध्ये एक एजेएण्डकेमा खसेको र अर्को आईओकेमा खसेको आसिफले बताएका छन् । उनले गरेको ट्वीटमा एक जना भारतीय पाइलट पक्राउ गरिएको उल्लेख छ ।
पाकिस्तानी वायु सेनाले पनिनियन्त्रण रेखाको अर्कोतर्फ बमबारी गरिरहेको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन्, ‘ ‘यद्यपी, यो भारतको व्यवहारको जवाफ होइन । पाकिस्तानले जनधनको क्षती नहोस् भन्नका लागि गैर–सैन्य लक्ष्यलाई निशाना बनाएको हो ।’
यता पाकिस्तानको लडाकु विमानभारतीय वायु सीमामा प्रवेश गरेको छ । एजेन्सीका अनुसार पाकिस्तानी विमान जम्मू–कश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेको छ ।
पुलवामामा भएको आतंकवादी हमलापछि २ देश बीच तनाब उत्पन्न भएको छ। पाकिस्तानी लडाकु विमान भारतीय सीमाभित्र पसेपछि जम्मू–कश्मीरका विमानस्थल बन्द गरिएको छ । राज्यको लेह, जम्मू, श्रीनगर र पठानकोठका विमानस्थललाई हाईअलर्टमा राखिएको छ ।
सुरक्षाका कारण एयरस्पेस बन्द गरिएको छ भने व्यवसायिक विमानहरुमा रोक लगाइएको छ ।































प्रतिक्रिया