काठमाडौं । भारतीय वायुसेनाको एउटा लडाकु बिमान काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा मिग २१ विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्किएर खेतमा खसेको थियो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ ।
भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।































प्रतिक्रिया