टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् ।
इशिबाको लिबरल डेमोक्रेयाटिक पार्टी (एलडीपी) ले दशकाैंदेखि जापानमा लगभग निर्बाध रूपमा शासन गर्दै आएको छ । यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको विश्वास घट्ने क्रम बढेको छ । एलडिपी पुनः निर्वाचित हुने लगभग निश्चित छ ।
गत हप्ता मात्र प्रधानमन्त्रीमा नियुक्त भएका इशिबा जापानको जनसाङ्ख्किीय सङ्कटबाट प्रभावित गरिब क्षेत्रका साथै रक्षामा खर्च बढाउने जस्ता नीतिहरू मार्फत आफ्नो जनादेशलाई अगाडि बढाउन चाहन्छन् ।
इशिबाले बुधबार पत्रकारहरूसँग भने, “हामी यो निर्वाचनलाई निष्पक्ष र इमानदारीपूर्वक सामना गर्न चाहन्छौं, ताकि यो सरकारले (जनताको) विश्वास प्राप्त गर्न सकोस्।”
संसदका सभामुखले सम्राटको छाप भएको प्रधानमन्त्रीको पत्र पढेर सुनाएका थिए, जसमा सांसदहरूले ‘बन्जाई’ को नारा लगाएपछि औपचारिक रूपमा संसद् विघटन गरेका हुन् ।
इशिबाका पूर्ववर्ती फुमियो किशिदाको तीन वर्षे सरकारले स्लश कोष प्रकरण र बढ्दो मूल्यवृद्धिमा मतदाताको असन्तोषका कारण अत्यधिक न्यून दरमा अनुमोदित हुनुपरेको थियो।
गत हप्ता भएको सर्वेक्षणले इशिबालाई ४५–५० प्रतिशतले अनुमोदन गरेको थियो भने किशिदा प्रशासनको अन्तिम महिनामा किशिदालाई २०–३० प्रतिशत अनुमोदन दर (समर्थन) थियो । इशिबाका समर्थकहरूले आत्म–स्वीकृत प्रतिरक्षा ‘गीक’ र एलडीपीको संस्थापन पक्षका मुखर आलोचक इशिबाले पार्टीको लोकप्रियतालाई बढावा दिने र युवाहरूलाई मतदानमा आकर्षण गर्ने विश्वास लिएका छन् ।































प्रतिक्रिया