एजेन्सी । सन् २०१९ को ९१ औं ओस्कार अवार्ड समारोह सम्पन्न भएको छ । ओस्कार अवार्डमा हलिउड देखि बलिउडसम्मका सेलिब्रेटीहरु पुगेका थिए । त्यस्तै अमेरिकी चर्चित गायिका, सङ राइटर तथा एक्ट्रेस लेडी गागा पनि उक्त अवार्ड सेरेमोनीमा पुगेकी थिईन् ।
उनी सबैको आर्कषणको केन्द्र बनिन् । ३२ वर्षीया गागाले रेड कार्पेट हुँदै स्टेजसम्म आफ्नो सुन्दरता र ड्रेसअपले सबैलाई आर्कषित गरेकी थिइन् । उनले लामो ब्ल्याक गाउनमा १२८.५४ क्यारोटको डायमण्ड नेक्लेस लगाएकी थिइन् ।
उक्त नेक्लेसको मूल्य ३० मिलियन डलर अर्थात ३ अर्ब ४० करोड नेपाली रुपैयाँ पर्छ । यो नेक्लेस यहि रेड कार्पेट आँउटफिटको लागि नै डिजाइन गरेकी थिईन् ।
पहिलो पटक ओस्कार

साथै गागालाई वर्ष २०१९ निकै लक्की साबित भएको छ । उनले ‘शैले’ बोलको गीतको लागि ‘बेस्ट ओरिजिनल सङ’ नामक अवार्ड जितेकी हुन् ।
उनले आफ्नो सिङगिङ करियरमै पहिलो पटक ओस्कार अवार्ड जितेकी हुन् । अवार्ड पाएपछि गागाले यहि गीतलाई ब्रेडली कपूरसँग मिलेर गाइन् ।































प्रतिक्रिया