गहिंरिदै भेनेजुएला संकट, सहायता सामाग्रीसहितको ट्रकमा आगजनी (फोटोफिचर)

गहिंरिदै भेनेजुएला संकट, सहायता सामाग्रीसहितको ट्रकमा आगजनी (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको संकट थप गहिंरिदै गएको छ ।

राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले पठाएको सहायता सामाग्रीलाई सिमानामै रोकिदिएपछि हिंसात्मक प्रदर्शनहरु भएका छन् । मदुरोले मानवतावादी सहायतालाई कोलम्बिया र ब्राजिलको सिमानामै रोकिदिएका थिए ।

ती सहायता सामाग्रीलाई आफ्नो मुलुकभित्र प्रवेश गराउन सर्वसाधारण जनता नै अघि सरेपछि भेनेजुएलाका सेनाले गोली चलाएको छ । गोली लागि दुईजनाको मृत्यु भएको छ भने आधा दर्जन सर्वसाधारण गम्भिर घाइते हुन पुगेका छन् । सुरक्षाकर्मी र सर्वसाधारणबीच पटक–पटक दोहोरो भिडन्त समेत भएको छ । भिडन्तका क्रममा सेनाले ती सहायता सामाग्री बोकेका ट्रकमा आगजनी गरेका छन् । सेनाले पूर्णरुपमा मदूरोलाई साथ दिंदै आइरहेको छ ।

विपक्षीले जसरी भएपनि सहायता सामाग्री भेनेजुएला भित्रउने पहल थालेपछि सिमानामा तनाव चर्केको हो । संकटग्रस्त भेनेजुएलाबासीलाई विपक्षीले सहायता सामाग्री उपलब्ध गराइ छाड्ने बताउदै आएको छ । यता, मदुरोले आफ्नै नागरिकमाथि गोली बर्साएको भन्दै अमेरिकी विदेशमन्त्री माइक पम्पेवाले त्यसको कडा निन्दा गरेका छन् । अमेरिकाले भेनेजुएलाको विपक्षी  दललाई मान्यता दिंदै नेता हु“वा गुईदोलाई अन्तरिम राष्ट्रपति घोषणा गरिसकेको छ ।

गुइदोलाई अमेरिकालगायत यूरोपका अधिकांश मुलुकले अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिइसकेका छन् । तर, राष्ट्रपति मदुरोलाई भने चीन र रुसको सहयोग छ ।

चरम आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा भोकमरीको स्थिती उत्पन्न भइसकेको अन्तरर्राष्ट्रिय दातृसंस्थाहरुले जनाइसकेका छन् । राष्ट्रपति मदूरोविरुद्धको प्रदर्शनमा भेनेजुएलामा अहिलेसम्म ६० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Logo