बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने

बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने

केन्द्रबिन्दु
12
Shares

ढाका । बङ्गलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् ।

अन्तरिम सरकारका सल्लाहकार डा आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका छन्, “अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम पनि आवश्यक छ । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।”

“यो मेरो प्रारम्भिक अनुमान पनि हो,” विज्ञप्तिमा भनिएको छ । उनले भने, “निर्वाचन महत्त्वपूर्ण नीतिगत निर्णय हो । यसको समय सरकारका प्रमुख सल्लाहकारको नेतृत्वमा तोकिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सल्लाहकार (मन्त्री) डा. आसिफ नजरुलले भने, “यो घोषणा गर्ने अधिकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र यसको सल्लाहाकारका हैसियतमा मेरो पनि हो।”

नेत्री शेख हसिनाले गत अगष्ट ५ मा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि बङ्गलादेशमा राजनीतिक परिस्थिति तरल बनेको छ । गत अगस्ट ५ मा बङ्गलादेशबाट सैनिक विमानबाट भारत आएकी पूर्वप्रधानमन्त्री हसिना हाल भारतमा बस्दै आएकी छिन् ।

सरकारी जागिरका लागि कोटा प्रणाली अन्त्यको माग गर्दै विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा तत्कालीन सरकारको दमनसँगै फैलिएको सरकार विरोधी प्रदर्शनले हसिनालाई देश नै छोडी विदेशमा शरण लिन बाध्य बनाएको छ । उनको राजीनामा आएको सैनिक प्रमुखले घोषणा गरेका थिए । त्यसपछि अन्तरिम सरकारको स्थापना भएको थियो ।

यस उथलपुथलको समयमा विशेष गरी हिन्दूलगायत अल्पङ्ख्यकहरूलाई लक्षित गरी हिंसा र अराजकताका धेरै घटनाहरू भएका थिए भने हसिना प्रशासन विरुद्ध हप्तौंदेखि चलेको प्रदर्शन र झडपमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए । अन्तरिम सरकारले देशको आन्तरिक सुरक्षा सुनिश्चित गर्न सेनाको शक्ति विस्तार गरेको थियो ।

Skip This
Skip This
Logo