शंका लागेपछि श्रीमतीको हत्या, टाउँको बोकेर पुगे प्रहरी चौकी

शंका लागेपछि श्रीमतीको हत्या, टाउँको बोकेर पुगे प्रहरी चौकी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । एक पुरुषले श्रीमतीको हत्या गर्दै टाउँको बोकेर प्रहरी चौकीमा पुगे । त्यहा तैनाथ प्रहरी तिनछक्क परे । पुरै रगतले भिजेको शरिर र हातमा काटिएको टाउँको ल्याएका आएर ति पुरुष देख्दा प्रहरीको होस नै उड्यो ।

यो घटनाको भारतको मध्य प्रदेश मुरैना जिल्लाको हो । कल्याण शाक्यवर (गब्बर) नाम गरेका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गर्दै टाउँको कोटेर प्रहरीकहाँ आत्मसर्मपण गरेका हुन् ।

कल्याणले काटिएको श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालयमा रिपोर्टका लागि स्वयम् आफै पुगेका थिए । प्रहरी कार्यालयमा पुगेर उनले ‘श्रीमतीको हत्या गरेर टउँको काटेर ल्याएको छु’ भनेका थिए । लगत्तै मुरैना प्रहरीले उसलाई नियन्त्रणमा लियो । अहिले प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ ।

अर्कै पुरुषसँग सम्बन्ध रहेको शंका लागेपछि उनले श्रीमतीको हत्या गरेका हुन् । १० वर्ष पहिला विवाह गरेका उनीहरुको तीन छोराछोरी छन् । मुरैना जिल्लाको केदारपुर गाउँमा बस्दैं आएका कल्याण र उनकी श्रीमती पंकज प्रत्येक दिन झगडा गरिहन्थ्ये ।

अर्कै पुरुषसँग सम्बन्ध रहेको शंकाको आधारमा कल्याण श्रीमतीलाई कुटपिट गर्दै आएका थिए । अन्ततः त्यही विषयमा दुई जनाबीच झगडा भयो र श्रीमतीको हत्या गर्दै टाउँको बोकेर प्रहरी चौकीमा गई आत्मसम्र्पण नै गरे । उक्त घटना हुँदा घरमा सबैभन्दा जेठो छोरा थिए ।

Skip This
Skip This
Logo