पाकिस्तानले थाल्यो भारतविरुद्ध युद्धको तयारी

पाकिस्तानले थाल्यो भारतविरुद्ध युद्धको तयारी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । जम्मु काश्मिर पलुवा जिल्लामा भएको हमलापछि भारतले पाकिस्तानमाथि आराप लगाउँदैं आएको छ । उक्त हमला पाकिस्तानले नै गराएको भन्दैं भारतमा पाकिस्तानविरुद्ध आक्रोश व्यक्त भईरहेको छ ।

भारत सरकारले पनि पाकिस्तामाथि कडाई गरेको छ । भारतले पाकिस्तान जाने ३ नदीको पानी नै बन्द गर्ने घोषणा गरेको छ । भारतले रावी, सतलज तथा ब्यास नदिको पानी ड्याम बनाएर रोक्ने भएको हो ।

भारतले आफुविरुद्ध विभिन्न कदम चाल्न थालेपछि पाकिस्तानले युद्दको चेतावनी दिएको छ । भारतको निरन्तर आरोपपछि पाकिस्तानले भारतविरुद्ध युद्धको तयारी सुरु गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्ताने सीमामा तैनाथ सैनिनहरुको लागि युद्धका सामान पठाउने तयारी थालेको छ । त्यस्तै अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि ‘स्ट्याण्डबाई’ रहन निर्देशन दिएको छ ।

रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर (पिओके) को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ ।

पाकिस्तानी सैनिक हेटक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट अस्पतालहरुलाई २० फेब्रुअरीमा पठाइएको एक आदेशमा भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको हो ।

आदेशमा भनिएको छ ‘हामीलाई विश्वास छ, पूर्वी मोर्चामा आपतकालीन युद्धको अवस्थामा घाइते जवानहरुलाई सिंध र पंजाबका सिभिल र मिलिट्री अस्पतालबाट मेडिकल सहायता दिइनेछ । सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलोचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ । सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ ।

बिहीबार पिओके सरकारले नीलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखा (एलओसी) सँग जोडिएका क्षेत्रमा बस्ने नागरिकलाई एडभाइजरी जारी गरेको छ । युद्धको स्थितिमा तयार रहन नागरिकलाई भनिएको छ । पाकिस्तान सरकारले नागरिकलाई युद्धको स्थितिमा सुरक्षित बाटोबाट आवतजावत गर्न भनेको छ ।

एलओसीको नजिकका नागरिकलाई बंकर नबनाएको भए बनाउन भनिएको छ । नागरिकलाई रातको समयमा अनावश्यक रुपमा बत्ती बाल्न र एलओसीको नजिक नजान भनिएको छ ।

Skip This
Skip This
Logo