अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छिन् । परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन नेपाल आएकी हुन् ।
नेपाल बसाइमा विदेशमन्त्रि करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रि सहितको टोलीले द्विपक्षीय बार्ता गर्ने कार्यक्रम छ । यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्नेछिन् ।
विदेश मन्त्रि करिन सँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि आएका छन् । विदेशमन्त्रि करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेश मन्त्रि करिनको टोलि फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।





























प्रतिक्रिया