एजेन्सी । भारतमा जेलभित्रै एक पाकिस्तानी कैदीको हत्या गरिएको छ । राजस्थानमा रहेको जयपुरको केन्द्रीय जेलमा जन्मकैदको सजाय भुक्तान गरिरहेका ४५ वर्षीय सकिर उल्लाह अलिस मोहम्दको ढुंगाले हानी हानी हत्या गरिएको हो ।
जेलमा रहेका अन्य ४ भारतीय कैदीहरुले ढुंगाले हानीहानी हत्या गरेका हुन् । जेलमा टिभीको आवाजको विषयमा विवादले उग्र रुप लिँदा उनको हत्या गरिएको जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जानकारी दिए ।
जम्मु काश्मिरको पुलवा जिल्लामा भएको आतंकवादी हमलासँग त्यो घटनालाई जोडिएको छ । उक्त घटनापछि भारतीयहरु पाकिस्तानीहरुसँग एकदमै क्रुद्ध बन्दैं आएका छन् । त्यही बदलामा उनीहरुले पाकिस्तानी कैदीको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए । उनी चरमपन्थी संगठन लश्कर ए तैएबका लागि काम गर्दै आएका थिए ।





























प्रतिक्रिया