साउदी राजकुमार भारतमा, विमानस्थलमै अंगालो हाले मोदीले

साउदी राजकुमार भारतमा, विमानस्थलमै अंगालो हाले मोदीले

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

पाकिस्तानको भ्रमण सके लगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राति भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे ।

राजकुमार सलमान जहाजबाट ओर्लिनेबित्तिकै मोदीले अंगालो हालेर उनको स्वागत गरे । मोदीले सलमानलाई विमानस्थलमै पुगेर स्वागत गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने पोर्टोकल तोडेको भन्दै चर्को आलोचना गरेको छ ।

विमानस्थलमा अंगालो हालेका मोदीले त्यसपछि बुधवार राष्ट्रपति भवनमा औपचारिक स्वागतका क्रममा फेरि पनि अंगालो हाल्न भ्याए । मोदीको यो क्रियाकलापलाई कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले पाकिस्तानलाई सहयोग गरिरहेको साउदीका राजकुमारको स्वागतमा मोदीले सबै किसिमका मर्यादा तोडेको भन्दै कटाक्ष गरेका छन् ।

भारत आउनु अघि साउदी राजकुमारले पाकिस्तानको भ्रमण गरेका थिए । जहाँ उनले पाकिस्तानको प्रशंसा गर्दै २० अर्ब डलर सहयोग घोषणा गरे । यसका अलावा उनले आफूलाई साउदी अरेबियामा आफू पाकिस्तानको ब्रान्ड एम्बेसडर रहेको पनि घोषणा गरे ।
एजेन्सी

Skip This
Skip This
Logo