एकैपटक सात सन्तानलाई जन्म !

एकैपटक सात सन्तानलाई जन्म !

केन्द्रबिन्दु
0
Shares

इराक
इराकमा एक २५ वर्षे युवतीले एकैपटक ७ जना बच्चा जन्माएकि छिन् । जस मध्ये एक छोरा र ६ छोरी छन् । उनीहरुलाई प्राकृतिक रुपमा जन्म दिएकी आमाको र नवजात शिशुहरुको स्वास्थ्य ठिक भएको स्थानिय स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै मात्र नभएर विश्वकै पहिलो घटना हुन सक्ने बताइएको छ । ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर यसअघि कहिल्यै नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।
एजेन्सी

Logo