भारतको होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

भारतको होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको राजधानी नयाँ दिल्ली स्थित  एक करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी भएको छ।

आगलागीमा परि कम्तीमा १७ जनाको मृत्यु भएको छ । होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए ।

आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् । (एजेन्सी)

Logo