भारतको राजधानी नयाँ दिल्ली स्थित एक करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी भएको छ।
आगलागीमा परि कम्तीमा १७ जनाको मृत्यु भएको छ । होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए ।
आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् । (एजेन्सी)
प्रतिक्रिया