थाइल्याण्की राजकुमारी प्रधानमन्त्री बन्न अयोग्य

थाइल्याण्की राजकुमारी प्रधानमन्त्री बन्न अयोग्य

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई प्रधानमन्त्री बन्न अयोग्य ठहर्‍याएको छ । आयोगले नै अयोग्य ठहर्‍याएपछि देशको प्रधानमन्त्री बन्ने सपना देखेकी थाइल्याण्डकी राजकुमारी उबोलाताना माहिडोलको रहर अधुरै रहने भएको छ ।

राजकुमारी उबोल्राताना प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आलोचना गरेका थिए । आउँदो चुनावमा प्रधानमन्त्रका लागि प्रतिस्पर्धा गर्ने जनाएकी थिईन् ।

राजाको असन्तुष्टिपछि थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । राजाको असन्तुष्टिपछि राजकुमारी उबोल्राताना माहिडोललाई प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरेको पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले पनि यसबारे सोच्ने बताएको थियो । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ ।

६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो । राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका थिए ।

राजाले वक्तव्य जारी गरेर यस्तो कदमले देशको सँस्कृतिको अवमूल्यन हुने बताएपछि निर्वाचन आयोगले कदम चालेको हो । थाइ राजपरिवारका सदस्य अहिलेसम्म सार्वजनिक रुपमा राजनीतिबाट बाहिर रहँदै आएका छन् ।

राजाको वक्तव्यपछि निर्वाचन आयोगले मार्च २४ मा हुने चुनावका लागि राजकुमारी उबोल्रातानालाई अयोग्य घोषित गर्ने अपेक्षा अनुसारकै निर्णय गरेको हो ।

Logo