ट्रम्पले ‘स्विङ स्टेट’मा गरे क्लीन स्विप

ट्रम्पले ‘स्विङ स्टेट’मा गरे क्लीन स्विप

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘स्विङ स्टेट’ जितेर इतिहास बनाएका छन् ।

सार्वजनिक भएको अन्तिम नतिजाअनुसार ट्रम्पले स्विङ स्टेट एरिजोनालाई पनि जितेका हुन् । यो सँगै डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा सातवटै स्विङ स्टेटमा जित हासिल गरेर इतिहास रचेका छन् । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा एरिजोनामा डेमोक्र्याट पार्टीका जो बाइडेनले जितेका थिए । अहिले त्यो मत ट्रम्पले फिर्ता ल्याएका छन् ।

स्विङ स्टेटहरू पेन्सिलभेनिया, मिशिगन, जर्जिया, विस्कन्सिन, नर्थ क्यारोलिना र नेभाडा पनि आफ्नै पञ्जामा पारेका छन् ।

अन्तिम नतिजाअनुसार रिपब्लिकन पार्टीका ट्रम्पले ३१२ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् भने डेमोक्र्याटकी कमला ह्यारिसले २२६ मात्रै इलेक्टोरल भोट प्राप्त गरिन् । कुल ५३८ इलेक्टोरल भोटका लागि भएको निर्वाचनमा २७० ल्याउने राष्ट्रपतिमा निर्वाचित हुन्छ, सो अनुसार ७८ वर्षिय ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बनेका छन् ।

ट्रम्पले सन् २०१६ मा भन्दा धेरै इलेक्टोरल भोटका साथ राष्ट्रपति चुनाव जितेका छन् । सन् २०१६ को चुनावमा उनले ३०४ इलेक्टोरल भोट पाएका थिए ।

Logo