महाकुम्भ मेलामा पहिलो पटक नागा महिला साध्वीहरु !

महाकुम्भ मेलामा पहिलो पटक नागा महिला साध्वीहरु !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला भारतस्थित प्रयागराजमा महाकुम्भ मेला जारी छ । इलाहाबादस्थित प्रयागराजमा महाकुम्भ आगिरहेको हो । विशेषगरी माघ महिलाको सोमबार कुम्भ मेलामा स्नान गर्नेको अत्यन्तै भिड लाग्ने गरेको छ । त्यहाँका सन्यासीहरुले परम्परा अनुसार गंगामा नुहाउने गरेका छन् ।

महामण्डलेश्वर उपाधी पाएकाहरुले कुम्भ मेलामा सन्यासीहरुलाई भोजन गराउनुका साथै दान पनि दिने परम्परा छ। महामण्डलेश्वर उपाधी पाएकाहरु रथमा आफ्ना चेलाहरु लिएर कुम्भमा सहभागी हुन्छन्। स्वामी आत्मानन्दजस्तै कुम्भमा नेपालबाट अन्य स्वामी सन्यासी/साध्वीहरुले पनि सहभागिता जनाएका छन्।

कुम्भ मेला होस वा शिवरात्रीको पशुपतिको जात्रा, नागा बाबाहरु चर्चामा रहन्छन्। शंकराचार्यले मुसलमानको आक्रमणबाट बच्न स्थापना गरेको नागा साधु हिन्दु संस्कारभित्रको ‘रजोगुणी’ फौज मानिन्छ। हरेक कुम्भ मेलामा उनीहरुले नदीमा डुबुल्की लगाएपछि मात्र ‘शाही स्नान’ सुरु हुन्छ।

खरानीलाई सौन्दर्य प्रशाधन मान्ने नागाहरु वास्तवमै नाङ्गा हुन्छन् । इन्द्रियमाथि विजय पाएको मानिने नागा बाबाले देखाउने चर्तिकला पनि आम मानिसको लागि कौतुहल र आकर्षणको विषय बन्छ।

यसअघि नागा स्वरुपको सन्यासी पुरुष मात्र हुने भए पनि भारतमा नागा महिलाहरु पनि देखिएका छन्। पहिलो पटक जुना अखडाअन्तर्गत महिला नागाहरुले पनि कुम्भमा सहभागिता जनाएका छन्। उनीहरुले विधि विधान अनुसार नै कुम्भमा स्नान गरेका थिए ।

यसपटक कुम्भमा महिला मात्र नभएर तेस्रो लिङ्गीहरुले पनि स्नान गरेका छन् । पुरुषले जस्तै महिलाले पनि नागा साध्वी हुनको लागि कडा नियमहरुको पालनाका साथै कडा परीक्षा उत्तीर्ण हुनुपर्छ। साध्वी (सन्यासी) बन्न पहिलो सर्त भनेको ब्रम्ह्चार्यको पालना हो। पुरुष साधुजस्तै महिलाहरुले पनि ६ देखि १२ वर्षसम्म महिला ब्रम्ह्चार्यको पालना गरेकै हुनुपर्छ। यो परीक्षा उत्तीर्ण भएपछि मात्र महिलाहरु सन्यास लिनको लागि योग्य भएको मानिन्छन्।

सन्यास दिनुअगाडि महिलाको अघिल्लो जीवन र घररपरिवारको बारेमा पूर्ण जानकारी लिइन्छ। सन्यास लिनुअघि महिलाले पनि पुरुषले जस्तै आफैले आफूलाई पिण्डदान र तर्पण दिनुपर्छ। महामण्डलेश्वर स्वामीले मात्र महिलालाई सन्यत्र बनाउन पाउने परम्परा छ।

सन्यासी हुनुपूर्व महिलाले आफ्नो कपाल खौरनु पर्छ भने नदीमा स्नानसँगै आफ्ना पुराना बस्त्र त्याग्नुपर्छ। महिला सन्यासीको लागि जप र तप गर्नुपर्छ। बिहान ब्रम्हमुहूर्तमा उठ्नुु, नित्यकर्म गर्नु, शिवजीको जप, मध्यान्न भोजन, शिवजीको जप र साँझमा दत्रातयको पूजापछि साँझ भोजनबिना सुत्नुपर्छ।

सन्यासपछि महिलालाई ‘माता’ सम्बोधन गरिन्छ। मातालाई कुम्भ मेलामा सन्यासीसँगै स्नान गर्ने सुविधा प्रदान गरिन्छ। माताहरु निधारमा तिलक र गेरुबस्त्र लगाउँछन्। उनीहरुले माता बनेपछि आफ्नो परिवार, समाजसँग कुनै सम्बन्ध र मोह नभएको प्रमाणित गर्नुपर्छ। भगवानको भक्तिमा लीन भएपछि मातालाई दीक्षा दिइन्छ। नागा पुरुष र नागा महिला साधुमा एउटा मात्र फरक हुन्छ, महिलाले दुईवटा नसिलाएको कपडा लगाउँछन् भने नागाहरु नामजस्तै नाङ्गै हुन्छन्।

Skip This
Skip This
Logo