रेष्टुरामा खाना खाएको बिल तिर्ने विषयमा श्रीमान-श्रीमती वीच झगडा : प्रहरी बोलाएर छिनोफानो

रेष्टुरामा खाना खाएको बिल तिर्ने विषयमा श्रीमान-श्रीमती वीच झगडा : प्रहरी बोलाएर छिनोफानो

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

पति–पत्नीबीच कुनै पनि विषयलाई लिएर झगडा हुन सक्छ । यो कुराबाट हरेक विवाहित जोडी सतर्क हुने गरेका छन् ।

टिभीको रिमोट, खानमा स्वाङ, चिसो तौलिया, कपडा जहातही फ्याक्नु, कुनैपनि चिज ठेगानमा नराख्नु, कतै जाँदा पत्नीलाई तयार हुन समय लाग्नु, धेरै किनमेल गर्नु आदी आदी कुराले पति–पत्नीबीच झगडा हुने गर्छ ।

तर चीनमा एक जोडीबीच अनौठो किसिमको घटना भएको छ । पति–पत्नीबीचको झगडा यती सम्म भएको छ कि पतिले पत्नीलाई गिरफ्तार गराउनका लागि प्रहरीलाईनै बोलाएका छन् । घटना चीनको कस्टवुड क्षेत्रको रेलवे स्ट्रिटमा भएको एक रेष्टुराको हो ।

यहाँ एक जोडी चाइनिज सीफूड रेष्टुरामा खाना खानका लागि आए । दुवै बडो मायालु व्यवहारबाट खाना खाइरहेका थिए । केही सयमसम्म सबै कुरो ठिकठाक चलिरहेको थियो । तर अचानक अचम्मको घटना भयो । दुवैबीचमा झगडा हुन लाग्यो । रेष्टुरामा आएका सबै मानिस उनीहरुतीर आँखा सोझ्याएर हेर्न थाले । दुईबीच बिल आपसमा बाडेर तिर्ने विषयलाई लिएर भएको झगडा वास्तवमै ठूलो भएको थियो । झगडा अति चम्किएपछि पतिले प्रहरीलाई बोलाएका छन् ।

पत्नीले आधा बिल तिर्न अस्वीकार गरेपछि रिसाएका पतिले दायाँवायाँ केही नसोचिकन ००० डायल गरे । जुन नेपालमा प्रहरी बोलाउनका लागि १००  डायल गरे जस्तै हो । उने उक्त नम्बर डायल गरेर प्रहरीलाई बोलाए ।

डेली मेलका अनुसार समयमै प्रहरी घटना भएको ठाउँमा पुग्यो र पतिलाइ सम्झाइ बुझाई गर्न लाग्यो । प्रहरीले ००० इमरजेन्सी नम्बर हो, यसलाई आपतकालिन अवस्थामा मात्रै डायल गर्नुपर्ने बतायो । पत्नी र पतिको झगडा जस्तो सामान्य घटनामा यो नम्बर डायल गर्नु नहुने प्रहरीले सम्झायो । यद्यपि पुरा बिल कस्ले तिर्यो भन्ने विषयमा कुनै जानकारी नपाइएको डेली मेलले जनाएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo