बाँध भत्किँदा ब्राजिलमा ३४ को मृत्यु, तीन सय बढी बेपत्ता (हृदयविदारक तस्बिर)

बाँध भत्किँदा ब्राजिलमा ३४ को मृत्यु, तीन सय बढी बेपत्ता (हृदयविदारक तस्बिर)

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । ब्राजिलमा बाँध भत्किँदा ३४ जनाको मृत्यु भएको छ । ३ सय भन्दा बढी बेपक्ता भएका छन् । दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रूमाडिनो शहर नजिकै भएको एउटा बाँध भत्किँदा ३४ जनाको मृत्यु भएको हो ।

भग्नावशेषबाट जीवित मानिसको उद्दार गर्ने सम्भावना निकै कम भएको राज्यका गभर्नर रामू जेमाले जानकारी दिए । आपतकालीन राहत टोलीले हेलिकोप्टरको मद्दतले माटोमा फसेका थुप्रैको उद्दार गरेका छन् ।

बाँध भत्किएका बेला थुप्रै मजदुर वेले कम्पनीको क्यान्टिनमा खाजा खाइरहेका थिए । उक्त क्यान्टिन पुरै पुरिएको छ । गत वर्षको सेप्टेम्बरमा बाँध परीक्षण गरिएको थियो र त्यतिबेला यसलाई सही स्थितिमा भएको बताइएको थियो ।

Skip This
Skip This
Logo