पानीजहाजमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु

पानीजहाजमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तान्जिनियाको कालासागरमा दुईवटा मालबाहक पानी जहाजमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । क्रिमियाको केर्च नजिकै पुगेका बेला पानीजहाजमा आगो लागेको थियो।

रुसका उद्धारकर्मीले अहिलेसम्म १४ जनालाई सकुशल उद्धार गरेका छन्। रुसका उद्धारकर्मी घटनास्थलमा पुग्ने र फसेकाहरूलाई उद्धार गर्ने प्रयासमा रहेका बीबीसीले जनाएको छ। एउटा पानीजहाजमा ग्यासको ट्यांकर रहेको र आगो लागेपछि विस्फोट भएको जनाइएको छ।

विस्फोटका कारण अर्को पानी जहाजमा पनि आगलागी भएको हो। दुई पानी जहाजमा टर्की र भारतका गरी चालक दलका १७ सदस्य  र १४ जलसैनिक पनि थिए। आगलागी भएपछि पानी जहाजका चालक दलका सदस्यहरू समुद्रमा हामफालेका थिए ।

Logo