काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारका क्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।
मनमोहन सिंह भारतका विद्वान् र बौद्धिक नेताका रूपमा परिचित छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डीफिल गरेका थिए । उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् ।





























प्रतिक्रिया