वासिङ्टन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित अमेरिकी संसद् भवनमा ल्याइएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।
सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट बिदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुने गरेको छ । उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसद्मा (युएस क्यापिटल) मङ्गलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ ।





























प्रतिक्रिया