इसरोको नयाँ प्रमुखमा वी नारायणन नियुक्त

इसरोको नयाँ प्रमुखमा वी नारायणन नियुक्त

केन्द्रबिन्दु
18
Shares

नयाँ दिल्ली । भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को नयाँ प्रमुख र अन्तरिक्ष विभागको सचिवको रूपमा नियुक्त गरेको छ ।

सरकारी आदेशअनुसार नारायणनले जनवरी १४ मा पदभार ग्रहण गर्नेछन् । उनी वर्तमान इसरो अध्यक्ष एस सोमनाथको उत्तराधिकारी हुनेछन् ।

एक प्रतिष्ठित इसरो वैज्ञानिक नारायणन हाल लिक्विड प्रोपल्सन सिस्टम्स सेन्टरका निर्देशकको रूपमा सेवा गर्छन् । भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले नारायणन स्पेसक्राफ्ट प्रोपल्सन विशेषज्ञ रहेको बताएको छ । उनी सन् १९८४ मा इसरोमा सामेल भएका थिए ।

Skip This
Skip This
Logo