काठमाडौँ । टिकटक एक लोकप्रिय सामाजिक सञ्जाल सेवा हो । यो विश्वभरि लोकप्रिय छ र विभिन्न देशहरूमा उपलब्ध छ । यसले प्रयोगकर्ताहरूलाई छोटा भिडियोहरू सिर्जना, साझा र हेर्न अनुमति दिन्छ ।
तर अब अमेरिकामा पनि टिकटक बन्द हुने भएको छ । यसअघि नै अमेरिकी संसद्ले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो । जसल गर्दा चिनियाँ कम्पनी टिकटकले आइतबारदेखि अमेरिकामा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ ।
सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसद्कै निर्णय सदर भएपछि बन्द हुने पक्का भएको हो । अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । टिकटकले जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको विज्ञप्तिमा बताएको छ ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । यस कानुनविरुद्ध टिकटक सर्वोच्च अदालत पुगेको थियो । अदालतको यो फैसला अमेरिकामा आफ्ना लाखौँ प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको टिकटकले बताएको थियो।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सो विषय हल गर्ने भन्दै सो निर्णय कार्यान्वयन तत्काल रोक्न माग गरेका छन् ।
वासिङ्टन पोष्टले भने सो निर्णय ६० वा ९० दिनसम्म स्थगनका लागि ट्रम्पले कार्यकारी आदेश जारी गर्न सक्ने जनाएको छ ।





























प्रतिक्रिया