अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा चालक दलसहित ६० जना सवार यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोकिएको छ ।
वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा बेलुकीको ९ बजेतिर अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकायले जनाएको हो।
हेलिकप्टरसँग ठोक्किएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको जनाइएको छ । उक्त विमानमा चालक दलसहित ६० जना सवार थिए ।




















