एजेन्जी । आफ्नो देशमा उत्पादित सामग्रीमा अमेरिकाले २५ प्रतिशत कर लगाएपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले कडा प्रतिक्रिया दिएकी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत कर लगाउने निर्णयबारे प्रतिक्रिया दिँदै राष्ट्रपति शिनबामले मेक्सिकोले कुनै पनि प्रकारको टकराव नचाहेको उल्लेख गरेकी छन् । सँगै उनले आफूहरूसँग सहासको कमी नभएको उल्लेख गरेकी छन् ।
राष्ट्रपति शिनबामले आफ्नो सरकारलाई जनताको समर्थन रहेको उल्लेख गर्दै आफू एक्लै नभएको उल्लेख गरिन् । उनले भनेकी छन् “आपराधिक संगठनसँग मिलेको भनेर अमेरिकाले लगाएको आरोप खारेज गर्छौं । सम्प्रभुतासँग कुनै सम्झौता गर्न सकिन्न ।”
यसअघि उनले अमेरिकाले कर लगाउने निर्णय गरेपछि मेक्सिकोले पनि जवाफी कर लगाउने लगायतका निर्णय लिने बताएकी थिइन् । उनले आर्थिक मन्त्रीलाई प्लान बी लागू गर्न निर्देशन दिएकी थिइन् ।





























प्रतिक्रिया