अमेरिकाले रोक्यो क्यानडा र मेक्सिकोमा कर लगाउने निर्णय

अमेरिकाले रोक्यो क्यानडा र मेक्सिकोमा कर लगाउने निर्णय

केन्द्रबिन्दु
63
Shares

एजेन्सी । अमेरिकाले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशतसम्म कर लगाउने निर्णयबाट पछि हटेको छ ।

केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको तथा चीनमाथि कर लगाउने निर्णय गरेका थिए । क्यानडा र मेक्सिकोले ट्रम्पको उक्त निर्णको विरोध गर्दै करको बद्ला कर बाटै गर्ने जवाफ दिएका थिए ।

तर, अमेरिकाले मेक्सिको र क्यानडामा कर लगाउने निर्णय ३० दिनका लागि रोकेको हो । ट्रम्पले उक्त निर्णय रोकिएको पुष्टि गरेका छन् । बीबीसीका अनुसार क्यानडाबाट अमेरिकामा आउने फेन्टालिन जस्ता अवैध ड्रग्स रोक्न कदम उठाएपछि करसम्बन्धी निर्णय ३० दिनका लागि रोक्ने निर्णय गरिएको ट्रम्पले बताएका छन् ।

ट्रम्पले मेक्सिको र क्यानडामाथि २५/२५ प्रतिशत र चीनमाथि १० प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।

Logo