एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको ट्रम्पको आरोप

एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको ट्रम्पको आरोप

केन्द्रबिन्दु
165
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका छन् ।

मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम (एपी)ले ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध उक्त आरोप लगाएका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिएका थिए । अमेरिकी समाचार एजेन्सी एपीले उनको आदेश पालना नगरेसम्म एसोसिएटेड प्रेस (एपी) का पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ।

बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो । उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गरेको छ र गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ ।”

उनले सम्भावित कानूनी कारबाहीको बारेमा उनको दावी के हो भन्ने उल्लेख नगरीकन अगाडि भने, “हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँँ। मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन्, र शायद उनीहरूले जित्नेछन्। फरक पर्दैन। यो केवल यस्तो कुरा हो जसको बारेमा हामी दृढतापूर्वक महसुस गर्दछौं।”

लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाको रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणहरूका लागि समाचार प्रदान गर्दछ ।

गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो । -एएफपी

Skip This
Skip This
Logo