बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले शनिबार क्रिस्चियन रितिरिवाज अनुसार विवाह गरेका छन् । आज भने उनीहरु हिन्दु रितिरिवाज अनुसार विवाह गर्दैछन् ।
उनीहरुले केहि समय अघि इन्गेजमेन्ट पनि भारतमै गरेका थिए । बलिउड तथा हलिउडबाट उनीहरुलाई विवाहको शुभकामना दिनेको ओइरो लागेको छ ।

शनिबार उनीहरुले जोधपुरको उम्मेध भवनमा क्रिस्चियन रितिरिवाजमा विवाह गरेका हुन् । निक जोनास क्रिस्चियन र प्रियंका हिन्दु भएकोले गर्दा विवाह दुई तरिकाले गरिने बताइएको छ ।
रिसेप्सन पार्टी दुई दिन सम्म चल्ने छ । एउटा पार्टी मुम्बईमा र अर्को दिल्लीमा हुने भारतीय मिडियामा उल्लेख गरिएको छ ।































प्रतिक्रिया