मध्यपूर्वमा संयमता अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह

मध्यपूर्वमा संयमता अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह

केन्द्रबिन्दु
0
Shares

न्युयोर्क ।

संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रसंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुन सक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन् । महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले प्रकाशन गरेका विज्ञप्तिमा सो आग्रह गरिएको छ । उपप्रवक्ता हकद्वारा प्रकाशन गरिएको सो विज्ञप्तिमा भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसीमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ ।

शुक्रबार इरानका एकजना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको हत्या भएको थियो । इरानको रक्षा मन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । सो मन्त्रालयले शुक्रबार आफ्ना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको जानकारी दिएको छ ।रासस

Skip This
Skip This
Logo