बेल्ग्रेड । सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो ।
“सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको पूर्ण समर्पणको बावजुद, बिरामी जटिल चोटपटक र सम्बन्धित जटिलताहरूको कारण मृत्यु भयो,” अस्पतालले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, “हामी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।”
उनको मृत्युको खबर फैलिने बित्तिकै उनले पढ्ने नोभी स्याड स्कूल अफ इकोनोमिक्सको भवनमा कालो झण्डा फहराइएको थियो । शोक मनाउनेहरूले फूल चढाएका र मैनबत्ती बालेका थिए ।
“तिमी सधैं हाम्रा हाम्रा सम्झना र हाम्रा हृदयहरूको हिस्सा रहनेछौ,” विद्यार्थीहरूले स्कूल बाहिर छोडेको एउटा ब्यानरमा लेखिएको थियो ।
नोभेम्बर १ मा नोभी साड स्टेशनको कङ्क्रीटको छाना भत्किँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पीडितहरू छ देखि ७४ वर्ष उमेरका थिए ।
अन्य तीन जना घाइते भए, जसमध्ये एकको दुई हप्ता पछि मृत्यु भयो । -एएफपी































प्रतिक्रिया