यूक्रेन द्वन्द्वलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाइने

यूक्रेन द्वन्द्वलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाइने

केन्द्रबिन्दु
0
Shares

पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेका करिन नेइसलले सञ्चारकर्मीसँग बताए ।

“सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ,” उनले भने।

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने, सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ । “तर प्रतिबन्धबारे पुनः मुल्याङ्कन हुनु पर्ने देखिएको छ ।”

रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ । रासस

Logo