ट्रम्पको नयाँ कर दर सार्वजनिक, नेपालसहित कुन देशलाई कति तोके ?

ट्रम्पको नयाँ कर दर सार्वजनिक, नेपालसहित कुन देशलाई कति तोके ?

केन्द्रबिन्दु
426
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट आयात हुने वस्तुमा भन्सार शुल्कमा नयाँ दर घोषणा गरेका छन्। ह्वाइट हाउसले ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ लगाएका करिब १०० देशको सूची सार्वजनिक गरेको हो । ट्रम्पले सबै देशहरूमाथि १० प्रतिशत आधारभूत दर लागू गरेका छन्।

सूचीमा उल्लेख भएअनुसार ट्रम्पले चीनमा ३४ प्रतिशत, भारतमा २६ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बंगलादेशमा ३७ प्रतिशत, म्यानमार र श्रीलंकामा ४४ प्रतिशत कर लगाएका छन् । साथै ईयूमा २० प्रतिशत कर लगाएका छन् ।

ट्रम्पले केही देशहरूलाई ५० प्रतिशतसम्म भन्सार शुल्क घोषणा गरेका छन्। लिसोथो र सेन्ट पियरी एन्ड मिकेलन दुई देशलाई उनले ५० प्रतिशत भन्सार शुल्क निर्धारण गरेका हुन्। आठवटा देशहरूलाई भने ४० प्रतिशतभन्दा बढी भन्सार शुल्क निर्धारण गरेका छन्।

यसैबीच अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा मार्च ४ देखि २५ प्रतिशत भन्सार लगाएको छ भने क्यानडाबाट आयात हुने ऊर्जामा १० प्रतिशत भन्सार लगाउने भएको छ । साथै बेलायती वस्तुमाथि १० प्रतिशत आय कर लाग्ने र युरोपेली सङ्घलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ ।

यी देशहरूले अमेरिकी सामानहरूमा उच्च कर लगाउने, व्यापारमा गैर-करसम्बन्धी अवरोध सिर्जना गर्ने वा अमेरिकी आर्थिक लक्ष्यलाई कमजोर पार्ने काम गरेको ट्रम्पकाे दाबी छ। यी विशेष करहरू अप्रिल ९ देखि लागू हुनेछन्।

यसैगरी नेपालको हकमा केवल १० प्रतिशत आधारभूत शुल्क लगाइएको छ । किनभने नेपालले अमेरिकी सामानमा तुलनात्मक रूपमा कम शुल्क लगाउँछ। नेपालबाट अमेरिकामा निर्यात हुने मुख्य सामानहरू जस्तै हस्तकला, गलैंचा र तयारी पोशाकमा १० प्रतिशत नै शुल्क लाग्नेछ। अब अमेरिकी बजारमा यी सामानको मूल्य बढ्न सक्ने आंकलन गरिएको छ ।

Logo