रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प

रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प

केन्द्रबिन्दु
33
Shares

रोम, इटाली । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका छन् ।

राष्ट्रपति ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका हुन् ।

अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यस्तो दाबी गरे ।

रूसी नेता पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकोफबीच भएको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति एक भिडियो सम्बोधनमा भनेका छन्, “रुसलाई बिनाशर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ ।”

पुटिनले जेलेन्स्कीसँग सशर्त वार्ता गर्न आफू तयार रहेको हालै सङ्केत गरेका थिए ।

Logo