सुरक्षा कारबाहीमा नौ तालिबान लडाकू मारिए

सुरक्षा कारबाहीमा नौ तालिबान लडाकू मारिए

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तान ।

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परि कम्तीमा नौ तालिबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ ।

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ ।

कारबाहीको क्रममा सुरक्षाबलले युद्धक विमान समेत प्रयोग गरेको जनाइएको छ । कारबाहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलो मिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रान्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

Logo