इजरायली आक्रमणमा ५२ हजार बढी प्यालेस्टिनी मारिए

इजरायली आक्रमणमा ५२ हजार बढी प्यालेस्टिनी मारिए

केन्द्रबिन्दु
54
Shares

एजेन्सी । इजरायल–हमास द्वन्द्वको पछिल्लो चरण सुरु भएदेखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५२ हजार नाघेको छ । यस्तै, १ लाख १८ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार, विगत २४ घण्टामा गाजामा इजरायली सैन्य कारबाहीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ र १४५ जना घाइते भएका छन् ।

बुधबारको पछिल्लो रिपोर्ट अनुसार इजरायल रक्षा बलको कारबाहीमा मध्यरातदेखि ९३ जनाको मृत्यु भएको छ । मार्च १८ मा इजरायलले गाजामा सैन्य कारबाही पुनः सुरु गरेदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या २,५४५ पुगेको छ भने ६,८५६ जना घाइते भएका छन्। -सीसीटीभीप्लस

Logo